मल्लिकाले माफी माग्न लगाएपछि…



काठमाडौं ।

बलिउड अभिनेता अश्मित पटेलले अभिनेत्री मल्लिका शेरावतको विषयमा एक अचम्मको खवरको खुलासा गरेका छन्। उनले मल्लिकाले आफूले नगरेको गल्तीका लागि पनि माफी माग्न लगाएको आरोप लगाएका छन्।

एक भारतीय सञ्चार माध्यमसँगको अन्तर्वार्ताको क्रममा उनले फिल्म मर्डरको सुटिङको समयमा एक सिनको सुटिङ गर्ने क्रममा मल्लिकाले आफूलाई गलत आरोप लगाएको बताएका हुन्। उनका अनुसार सिनको बेला मल्लिकाले आफूमाथि जानेर नै उनको घाँटी दबाएको आरोप लगाएकी थिइन्।

‘त्यतिबेला उनले मलाई सबैका अगाडि माफी माग्न लगाएकी थिइन् भने फिल्म निर्मता महेश भट्टले पनि माफी माग्न लगाएका थिए,’ उनले खुलाएका छन्, ‘तर, मैले माफी मागिनँ। किनभने मैले त्यहाँ कुनै गल्ती नै गरेको थिइनं। पछि सबैले क्यामेरामा हेरेर घटनाको वास्तविकता थाहा पाए।’ सो हल्लापछि भने अश्मितले त्यसको असर भोग्नुपरेको थियो। उनलाई सो फिल्मको कुनै पनि ठूलो प्रोमोसनमा सहभागी गराइएन भने फिल्मको सफलताको जस पनि मल्लिकाले मात्र पाइन्।

‘फिल्मा मेरो रोल मल्लिकाको पतिको थियो। कहानीअनुसार मल्लिका र मबीच सँधै मनमुटाव हुनेखालको थियो। म मल्लिकाको वास्तविक जीवनबाट पनि टाढा रहने गर्थेँ। उनले एक दुईपटक मसँग वास्तविक जीवनमा केही नभएको र सबै ठिक भएजस्तो गर्न खोजिन्, तर मैले त्यसो हुन दिइनं। म चाहन्थे कि त्यसको असर फिल्ममा परोस्,’ उनले भनेका छन्, ‘उनले यो कुरा आफै बुझिन्न् र फिल्मका निर्देशकल अनुराग बसु पनि यो कुरा मैले मल्लिकालाई नबताओस् भन्ने चाहन्थे। यस्तै कारण हाम्रो वास्तविक जीवनमा पनि दूरी बढ्दै गयो।’

सन् २००४ मा बनेको मर्डर व्यावसायिकरूपमा निकै सफल भएको थियो। फिल्मको सफलतापछि मर्डर २ र ३ पनि बनेको थियो।

प्रतिक्रिया दिनुहोस्