मोडल लामाको निधन



काठमाडौं ।

कलाकार तथा मोडल दीपेश लामाको ३९ वर्षको उमेरमा मंगलबार निधन भएको छ। करिब दुई दशकअघि गायक प्रेम लामाले गाएको लोकप्रिय पप गीत तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म सानु मका मोडलसमेत रहेका लामा मंगलबार काठमाडौंको बसुन्धरामा हिँड्नेक्रममा अचानक बेहोस भई लडेका थिए।

लामो समयदेखि लामा हेपाटाइटिस बी रोगबाट पीडित उनको पार्थीव शरीरलाई बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। लामाले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्