भुपेशको धेरै कोसिस



काठमाडौं ।

गायक भुपेश तिम्सिनाको गीत धेरै कोसिस सार्वजनिक भएको छ। भूपेशकै शब्द, संगीत र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

निशान घिमिरेको निर्देशन रहेको गीतको भिडियोमा सुरेश कोहली र स्मरिका ढकाललाई फिचरिङ गरिएको छ। उत्तम हुमागाईंको छायांकन रहेको भिडियोमा सञ्जय अधिकारीको सम्पादन छ। गीतको भिडियोमा आफूले माया गर्ने मान्छेप्रतिको समर्पण भाव व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्