ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं।

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-१ राकाथुम घर भएका ५३ वर्षीय विर बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत रामेछापबाट पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्