प्रदर्शनीबाट हटाइयो प्रोटेट

126
Shares

काठमाडौं ।

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ मा राखिएको यादवचन्द्र भुर्तेलको पोट्रेट कलाकृति विवादमा तानिएपछि आयोजक नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले हटाएको छ।

फोटोपत्रकार नवीनबाबु गुरुङले कलाकार भुर्तेलको तामाङ पोसाक र गहना लगाएको महिलाको पोट्रेट पेन्टिङ आफ्नो तस्बिरको हुबहु प्रतिलिपि उतारिएको दाबी गर्दै प्रतिष्ठानलाई पत्र लेखेपछि सो कलाकृति हटाइएको हो। सो चित्रकलाको मूल्य एक लाख नौ हजार नौ सय ९९ रुपियाँ राखिएको थियो। कलाकार भुर्तेल न्युड आर्टमा लोकप्रिय छन्।

उनले एकजना लाहुरेले तामाङ युवतीको तस्बिर ल्याएर पेस्किसमेत दिए पनि चित्रकला लिन नआएपछि प्रतिष्ठानको क्षेत्रीय प्रदर्शनीलाई दिएको बताएका छन्। फोटोमाथि आफ्नो प्रतिलिपि भएको जनाउँदै फोटोपत्रकार गुरुङले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा निवेदनसमेत दिएका छन्।