प्रेमिल जोडीको मेचीकाली

840
Shares

काठमाडाैं ।

गायक गायिका रोशनसिंह क्षितिज र रचना रिमालको स्वरमा मेचीकाली बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ।

डिपी खनालको शब्द रचना तथा दिपक शर्माको संगीत रहेको गीतमा सविन सुवेदीको एरेन्जमेन्ट रहेको छ। प्रेमिल जोडीबीचको प्रेमको चर्चा र प्रसंगलाई गीतमा समेटिएको छ।

गीतको भिडियोमा सरोज शाहीको छायाँकन, निरञ्जन केसीको सम्पादन र दिनेशसिंह ठकुरीको निर्देशन रहेको भिडियोमा रोशन श्रेष्ठ र मनिषा सुनारले अभिनय र नृत्य गरेका छन्।