पुष्करलाई मातृशोक

0
Shares

काठमाडाैं ।

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई मातृशोक परेको छ। उनकी आमा लक्ष्मीमाया बमजनको काठमाडौंको वीर अस्पतालमा पित्तथैलीको उपचारको क्रममा ७९ वर्षको उमेरमा निधन भएको हो।

लामा संस्कारअनुसार अन्त्येष्टिका लागि ईन्द्रसरोबर गाउँपालिका १ मकवानपुरमा उनको सोमबार अन्तिम संस्कार गरिएको छ। लक्ष्मीमायाका ८८ वर्षका श्रीमान अक्कलबहादुर बमजन, चार छोरा र तीन छोरी रहेका छन्।