विचार गर छुनलाई



गुल्मी ।

लोक तथा दोहोरी गायिका मञ्जु पौडेलको नयाँ गीत सार्वजनिक गरिएको छ। माया प्रेमको कथावस्तुमा तयार पारिएको विचार गर छुनलाई बोलको गीत सार्वजनिक गरिएको हो। दर्शक स्रोताले यस गीतलाई पनि अघिल्ला गीतलाई जस्तै मन पराउने आस गायिका पौडेलले गरिन्।

माया प्रमेमा छुनालाई विचार गर्नुपर्ने र छोएपछि आप्mनै हुनुपर्ने उल्लेख गीतमा गरिएको छ। गीत पछिल्लो युवा पुस्तालाई मध्यनजर राखेर तयार पारिएको छ। गायिक पौडेलका साथमा प्रतापदासको स्वर रहेको गीतमा श्रीकृष्ण बम मल्लको लय र शब्द रचना रहेको छ।

गीतको भिडियोमा प्रस्ताप दास र गायिका मञ्जु पौडेलकी छोरी स्नेहा पौडेलले अभिनय गरेका छन्। गीत भिडियोसहित गायिका पौडेलकै युट्यब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्