कर्णदास र संगीता सर्वोत्कृष्ट



काठमाडाैं ।

संगीतका विभिन्न ३८ विधामा अवार्ड प्रदान गर्दै राजधानीमा ११औँ संस्करणको म्युजिक खबर म्युजिक अवार्ड २०८० सम्पन्न भएको छ।

कार्यक्रममा गीतकार चूडामणि देवकोटालाई नगद ५१ हजार रुपैयाँसहित दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको छ। गीतकार देवकोटालाई पाँच दशकभन्दा लामो समयदेखि गीतसंगीत क्षेत्रमा योगदान पु¥याएवापत सो सम्मानबाट सम्मान गरिएको हो। त्यसैगरी पप सम्राट ओमबिक्रम विष्टलाई विदेशमा रहेर पनि तीन दशकभन्दा लामो समयदेखि निरन्तर योगदान पु¥याएवापत डायस्पोरा संगीतबाट सम्मान गरिएको छ।

समारोहमा प्रतीक्षा बोलको गीतबाट कर्णदास र आँसुका कथाबाट संगीताराना प्रधानले सर्वोत्कृष्ट आधुनिक गायक गायिकाको अवार्ड चुमे भने लोकदोहोरीतर्फ डुम्रे बजारबाट राजु गुरुङ र लामो कपालबाट सन्जु न्यौपाने सर्वोत्कृष्ट गायक गायिका घोषित भए। फिल्मतर्फ प्रसाद–२ को मार्सी धानबाट राजनराज शिवाकोटी र काँडेतारको शीर्ष गीतबाट सत्यकला राई सर्वोत्कृष्ट गायक गायिका घोषित भए।

गायिका तथा कार्यक्रम प्रस्तोता मञ्जु पौडेलद्वारा सञ्चालित कार्यक्रममा एक मुठी सासबाट उमेश लम्साल राष्ट्रिय भावको गीत, बिहानीपख चरीलेबाट मोहित मर्दन थापा पप-लोकपप गीतकार, माया र मोहबाट लेखु सहयात्री पप-लोकपप संगीतकार, तिमी धून बनबाट चेतन राई पप-लोकपप गायक, मेरो क्रस हौ तिमीबाट रमेशराज भट्टराई लोकप्रिय गायक, आकाशमाबाट चाँदनी शाक्य पप-लोकपप गायिका तथा एक्लै भयो पिपलुबाट विरही कार्की र हेर न त्यसरी कान्छाबाट अन्जु श्रेष्ठ लोकगीत अवार्डको विजेता भए।

 

विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथ सम्पन्न समारोहमा रोधीघरमा जोर मादल (सालैजो) बाट सागर गुरुङ सांस्कृतिक गीत गायक, थर दिन्छौ र (पन्चेबाजा) बाट सुमन थापामगर सांस्कृतिक गीत गायिका, माइली (कौरा) बाट मौसम गुरुङ र पूर्णकला बिसी सांस्कृतिक गीत, बनमा स्याउला छ बाट सचिन भट्टराई र सुन साईंलीबाट सपना सुनाम लोकदोहोरी नवप्रतीभा, जुन मायाबाट विजय पुन र माया रैनछबाट नारायणी खत्री लोकदोहोरी मोडल, घर त गैरीगाउँबाट दिपेन्द्र तिमिल्सिना लोकदोहोरी निर्देशक, पट्टकोके झोराबाट डोलराज बाह्रघरे लोकदोहोरी संगीत संयोजक, बनमा खयरबाट एचबीएन किस्मत लोकदोहोरी सम्पादन र रमेश परियार लोकदोहोरी शब्द, कहाँको साइनोबाट विमल परियार लोकदोहोरी भाका, मैसाफबाट सुमन परियार लोकप्रिय लोकदोहोरी गायकको अवार्ड विजेता भए भने सागर बिसी र सिता परियार प्रत्यक्ष दोहोरी गायक गायिकाको अवार्ड विजेता बने।

त्यसैगरी छक्कापञ्जा ४ को सिरुपाते जँुगामाबाट शंकर अधिकारी घायल फिल्मी गीतकार र बाबुल गिरी संगीतकार, भीर माहुरीबाट दुर्गा पौडेल भिडियो छायाँकार, शीरफूलबाट विष्णु खड्का सम्पादक, कस्तो थिएँ बाट बबिता श्रेष्ठ पप आधुनिक भिडियो निर्देशक, सम्झनामा ताजमहलबाट अनिता गिरी पप आधुनिक मोडल, तिम्लाई आफ्नो ठान्नुबाट सरस्वती खत्री आधुनिक गीत मोडल पब्लिक च्वाइस अवार्ड, अधुरो सपनाबाट दिक्पाल कार्की र दिल खोलेर कुरा गर् नबाट प्रचण्ड राई मोडल, नजाउ परदेशबाट उदय सोताङ र मनिला सोताङ युगल गायन, आजभोलि तिम्रो मेरोबाट शाहस शाक्य आधुनिक गीत संगीत संयोजक, एक चिम्टी सिन्दूरबाट सरोज कोइराला आधुनिक संगीतकार र विप्लव अधिकारी ध्वनि मुद्रक, नजाऊ परदेशबाट डिआर आधुनिक गीतकार, तिमी दुख्दाबाट सुरजकुमार थापा आधुनिक संगीतकार र भिजाएर आँसुबाट कुमार शिवाकोटी डायस्पोरा कार्यक्रममा तीन दशक लामो समयदेखि गायन, संगीत र संगीत संयोजनको माध्यमले योगदान पु¥याउने अशोककुमार राईलाई रजत संगीत सम्मान तथा गायक राजु परियार र गायिका रिता थापामगरलाई दुई दशकभन्दा लामो समयदेखि योगदान पु¥याएवापत दशक संगीत सम्मानबाट सम्मानित गरिएको छ। त्यस्तै, गायक बैकुण्ठ महतलाई युवा प्रतीभा संगीत सम्मान र बालगायक अशोक दर्जीलाई बालप्रतीभा प्रोत्साहन सम्मानबाट सम्मानित गरिएको छ।

त्यसैगरी तीन दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार डब्बु क्षत्री र सुदर्शन प्रसाद आचार्यलाई जनही पाँच हजार पाँच सय ५५ रुपियाँसहित संगीत पत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्