अर्जेन्टिनासँग इक्वेडर पराजित



लन्डन, (एजेन्सी)  । 

कोपा अमेरिकाको तयारीमा रहेको अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा इक्वेडरलाई पराजित गरेको छ ।

 सोमबार बिहान भएको खेलमा अर्जेन्टिनाले इक्वेडोरलाई १–० गोलअन्तरले पराजित गरेको हो । इक्वेडोरलाई जिताउन एन्जल डि मारियाले निर्णायक गोल गरेका थिए । उनले खेलको ४०औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो । त्यसपछि बाँकी रहेको समयमा भने दुवै टोलीबाट कुनै गोल हुन सकेन ।

कप्तान लियोनल मेसी भने ५६औं मिनेटपछि मैदान प्रवेश गरेका थिए । त्यसअघि अर्जेन्टिनाको अग्रपंक्ती डि मारियासहित लौटारो मार्टिनेज र जुलियन अल्भारेजले सम्हालेका थिए ।

कोपा अमेरिका जुन २० देखि जुलाई १४ सम्म आयोजना हुनेछ । १४ टोली सहभागी प्रतियोगितामा १६ राष्ट्र सहभागी छन् । साविक विजेता अर्जेन्टिनाले पहिलो खेलमा क्यानाडाको सामना गर्नेछ । समूह ‘ए’ मा अर्जेन्टिनासहित पेरु र चिली छन् ।

प्रतिक्रिया दिनुहोस्