सिजी फुड्सको क्यानसँग ६० लाखको सम्झौता



काठमाडाैं   । 

सिजी फुड्स नेपाल लिमिटेडले नेपाली क्रिकेटको विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) सँग ६० लाख रुपैयाँ सहयोगको सम्झौता गरेको छ । सम्झौता पत्रमा क्यानका महासचिव पारस खड्का र सिजी फुड्सका सिईओ प्रदीप पुडासैनीले हस्ताक्षर गरे ।

सिजीले महिला यु–१९ क्रिकेट टोलीको प्रायोजन वापत ३० लाख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख उपलब्ध गराउने घोषणा गरेको हो । सिजीको उत्पादन वाइवाइले लामो समयदेखि पुरुष यु–१९ क्रिकेट टोलीलाई पनि प्रायोजन गर्दै आएको छ ।

यसअघि वाइवाइले विश्वकपमा सहभागी टोलीलाई प्रोत्साहन स्वरुप सुपर ८ मा पुगे ३० लाख, प्रत्येक रन वापत १ हजार, चौका वापत ८ हजार, छक्का वापत १२ हजार, प्रत्येक विकेट वापत १५ हजार, अर्धशतक वापत ५० हजार, शतक वापत १ लाख र जितमा १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरीसकेको छ ।

यसैगरी सिजी फुड्सले आइसिसी ट्वान्टी–२० विश्वकप खेलिरहेको टोलीलाई हौसला प्रदान गर्ने उदेश्यले ‘वाइ वाइ क्रिकेट स्पेसल एसिडन प्याकेट’ बजारमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्