राजनराज र टीकाको फेरि भेट कहिले होला

940
Shares

काठमाडौं ।

गायक तथा संगीतकार राजनराज शिवाकोटी र टीका सानुको स्वरमा नयाँ गीत फेरि भेट कहिले होला नि सार्वजनिक भएको छ। टीकाको शब्द रचना रहेको गीतमा राजनराजले संगीत भरेका छन्।

विद्यालयमा अध्यापान गराउने शिक्षकको प्रेम देखाइएको गीतको भिडियो मौसम हिमालीले निर्देशन गरेका छन्। भिडियोमा राजन र टीकालाई नै फिचरिङ गरिएको छ। मौसमको नै कोरियोग्राफी रहेको भिडियो नवराज उप्रेतीले छायांकन गरेका छन् भने मनोज कार्कीले सम्पादन गरेका छन्।