चेपाङको जीवनीमा पचेडा



काठमाडौं ।

म्युजिक भिडियोमा सक्रिय रहँदै आएका दीपेन्द्र केसीले फिल्मलाई गन्तव्य मानेर ओस्कार कलेजमा अध्यन गरेपछि फिल्म निर्देशनको यात्रामा अगाडि बढ्दै डकुमेन्ट्री तयार गरेका छन्।

कथाभित्रका कथाहरूनामक डकुमेन्ट्री निर्देशनसँगै निर्माणमा व्यस्त दीपेन्द्रले पचेडाको ट्रेलर सार्वजनिक गरेका छन्। मनहरि गाउँपालिका वडा नम्बर ४ का सदस्य विष्णुबहादुर प्रजाको सहयोगमा उनले डकुमेन्ट्री तयार गरेका हुन्। चेपाङ जङ्गलमै किन बसिरहेका छन्? उनीहरू किन अवसरका लागि सहर पस्दैनन् भन्ने कथालाई डकुमेन्ट्रीमा समेटेको उनले बताएका छन्।

‘कुनै हरहर फिल्मको झल्को दिने भएता पनि यो वास्तविक कथा हो। वृत्तचित्रमार्फत सन्तलालको परिवारले बा“च्नका लागि गरिरहेको संघर्ष कथालाई जस्ताको तस्तै देखाउने कोशिस गरेको छु,’ दीपेन्द्रको भनाइ छ।

दीपन्द्रले यो कथा तीन सेड्युलमा खिचेका छन्। ‘मैले त्यहाँ डकुमेन्ट्री मात्र खिचिनँ, सन्तलालको जीवनीसँग साक्षात्कार गर्ने मौका पनि पाएँ। उनीहरूको पीडालाई नजिकबाट बुझ्न पाएँ,’ दीपेन्द्रले सुनाए, ‘मेरो इच्छा नै उनीहरूको जीवन र समुदायमा बदलाव ल्याउनु हो। किनकि अहिलेको समयमा सहर नपसेर जंगलमै बस्नु रहर होइन।’

उक्त डकुमेन्ट्रीमा सन्तलालसँगै उनको परिवार फिचर्ड छन्। उनकै बसाइ रहेको मकवानपुर जिल्लाको मनहरि गाउँपालिकास्थित नयाँ बस्तीमा खिचिएको छ।

यसलाई निर्देशक दीपेन्द्रसँगै विनिता क्षेत्रीले निर्माण गरेका हुन् भने सहनिर्मातामा बालकृष्ण खड्गी रहेका छन्। वृत्तचित्रको प्रदर्शनी सोही चेपाङ बस्तीसँगै अस्ट्रेलियासहितका केही देशमा गर्ने तयारी निर्माण कम्पनी देव डी प्रोडक्सनले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्