पूर्णबहादुरको सारंगी ओखलढुंगाबाट शुरू



काठमाडौं ।

फिल्म पूर्णबहादुरको सारंगीको छायांकन शुरू भएको छ। सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माणाधीन फिल्मको छायांकन ओखलढुंगा जिल्लाको रुम्जाटारबाट शुरू गरिएको हो। फिल्मको ओपनिङ दृश्य गायक तथा कलाकार प्रकाश सपूत र बालकलाकार जान्भी पौडेल दिएका थिए।

कलाकारहरूको लाइनअप बलियो रहेको पूर्णबहादुरको सारंगीमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहनेछ। फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल, बालकलाकार जान्भी पौडेल र स्वयम् केसीलगायत कलाकारले पनि अभिनय गर्नेछन्।

फिल्म सरोज पौडेलको लेखन र निर्देशनमा बन्न लागेको हो। सोसल–ड्रामा जनरामा बन्ने फिल्म गन्धर्व परिवारको कथामा आधारित छ। विनोद पौडेल र प्याट्रिक सुवेदीद्वारा निर्माणाधीन फिल्ममा महेश दवाडीको पटकथा र संवाद, प्रशान्त सिवाकोटीको संगीत र हेमन्त कान्छा रसाइलीको सारंगी रहनेछ। रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। फिल्म २०८२ सालभित्र विश्वबजारमा प्रदर्शन गर्ने लक्ष्य निर्माण समूहको छ।

प्रतिक्रिया दिनुहोस्