अनिल कपुर ३४ वर्ष कान्छी रकुलसँग रोमान्स गर्दै



एजेन्सी ।

बलिउड अभिनेता अनिल कपुर पछिल्लो समय फिल्ममा धमाका धच्चाउँदै आइरहेका छन्। ६७ वर्षीय अभिनेता कपुरले पछिल्लो केही वर्षयता फेरि हिट फिल्म दिएका छन्। उनको आगामी फिल्म सिंघम अगेनको चर्चा चलिरहेको छ भने अब उनको नाम अजय देवगनको नयाँ फिल्म दे दे प्यार दे २ सँग जोडिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यो फिल्ममा अनिल र अजयका साथ अभिनेत्री रकुल प्रित सिंह प्रमुख भूमिकामा हुने जनाइएको छ। सुटिङसमेत शुरू भइसकेको भनिएको फिल्ममा अजयको भूमिकाकाबारे फिल्म युनिटले आधिकारिक रूपमा मुख खोलेको छैन।

पिंकभिलाको समाचारलाई आधार मान्ने हो भने अनिल र रकुलको भूमिका विषेश रहनेछ। फिल्ममा अनिल ३३ वर्षिया अभिनेत्री रकुलको पिताको भूमिकामा हुनसक्ने धेरैले अनुमान लगाए पनि उनी रकुलको प्रेमीको भूमिकामा देखिन लागेको समाचारमा उल्लेख छ। समाचारअनुसार अनिलले आफूभन्दा ३४ वर्ष कान्छी रकुलका साथ अनस्क्रिन रोमान्स गर्न लागेका हुन्।

फिल्ममा अजय देवगन र अनिल दुवैले रकुलको प्रेमीको भूमिकामा काम गर्न लागेको बताइएको छ। फिल्म सुटिङमा गएसँगै उमेरले ६७ लागेका अनिलको रोमान्टिक रूपको चर्चा शुरू भएको छ।

प्रतिक्रिया दिनुहोस्