प्रियंका र वेनिषाको ठमक



काठमाडौं ।

अभिनेत्रीद्वय प्रियंका कार्की र वेनिषा हमालद्वारा अभिनीत गीतको भिडियो सार्वजनिक गरिएको छ। प्रियंका र वेनिषाले अभिनय गरेको तँई का ठमक बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो।

पश्चिमेली शैलीको गीतको भिडियोमा प्रियंका र वेनिषालाई अभिनयमा पुरुष मोडलको रूपमा गोविन्द भट्ट र गायक बाबुल गिरीले साथ दिएका छन्। भिडियोमा प्रियंका र वेनिषा हट अवतारमा प्रस्तुत भएका छन्।

गीतमा शब्द रचना गोविन्द भट्ट, संगीत बाबुल गिरी, स्वर बाबुल गिरी र इब्सल सन्ज्याल, संगीत संयोजन धनबहादुर गिरीको रहेको छ। गरिमा फिल्मस्ले निर्माण गरेको भिडियो माइकल चन्दले निर्देशन गरेका छन् भने छायांकन उत्सव दाहाल र सम्पादन शिलन लम्सालको रहेको छ।

प्रतिक्रिया दिनुहोस्