ईश्वरीको माया छ कि छैन



काठमाडौं ।

गायिका तथा पत्रकार ईश्वरी बरालको नयाँ गीत माया छ की छैन हालै सार्वजनिक भएको छ। विपिन आचार्यको शब्द संगीत र एरेन्ज रहेको गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराले अभिनय गरेका छन् भने गायिका स्वयम्को पनि नृत्य र अभिनय छ।

ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखानामा छायांकन गरिएको भिडियोमा मुस्कान ढकालको निर्देशन, शिशिर खातीको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ। गायिका बरालले यसअघि गाएका नरिसाउ न होई, खानदानी छोरीलगायत गीत चर्चित छन्।

प्रतिक्रिया दिनुहोस्