भिडियोमा तिम्रै याद आउँछ



काठमाडौं ।

गायक प्रचण्डबाबु राईले आफ्नो नयाँ गीत तिम्रै याद आउँछ सार्वजनिक गरेका छन्। गायक राईले हालै राजधानीमा आयोजित एक कार्यक्रमबीच गीतको अडियो भिडियो सार्वजनिक गरेका हुन्।

हरि लम्सालको शब्द, संगीत र एरेन्जमेन्ट रहेको गीतको भिडियोमा मोडल साक्षी लम्सालका साथमा प्रचण्डबाबु र सचिन बोगटीले अभिनय गरेका छन्।

टुवेल नोट्स युट्युब च्यानलबाट गीतको भिडियोमा रोशन के श्रेष्ठको सिनेमाटोग्राफी, प्रविन मानन्धरको ड्रोन र क्यामेरा तथा विकास धमलाको सम्पादन रहेको छ। प्रचण्डबाबुले गतवर्ष सार्वजनिक गरेको गीत दिल खोलेर कुरा गर न लोकप्रिय हुन सफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्