चोयाकोटका विद्यार्थी पढ्दै सीप सिक्दै 



बाजुरा।  

सृजनशील बालबालिका  लोभलाग्दा डोका ढोकिले अनि सुन्दर पृष्ठभूमीले बजुराको स्थानीय उत्पादनलाई प्रतिनिधित्व गरेको महशुस हुन्छ।  दृश्यमा देखिए झैं  बडीमालिका नगरपालिका वडा नं ३ स्थित चोयाकोट माविका विद्यार्थीले पढ्दै सिक्दै गरेका चोयाका नाङ्गला ढोकिले हुन्। बडीमालिका नगरपालिकाले स्थानीय स्तरमा उत्पादन भएका बस्तु तथा परम्परागत सिपलाई ओझेल पर्न नदिन पढ्दै कमाउदै कार्यक्रम सञ्चालन गरेको हो ।

  बडीमालिका नगरपालिका भित्र रहेका प्रत्येक सामुदायिक विद्यालयमा सञ्चालन गर्ने गरी अगाडी बढाएको नगरप्रमुख अम्मर खड्काले बताए । पहिलो पटक चोयाकोट माध्यमिक विद्यालयका विद्यार्थीलाई निगालोको डोका बुन्न सिकाइएको उनले बताए ।

उक्त विद्यालयको कक्षा ६ देखि १० कक्षा सम्मका विद्यार्थीहरुले अतिरिक्त क्रियाकलाप अन्तर्गत  निगालोबाट बन्ने डोका बुन्न सुरु गरेका हुन् । शुक्रवार अतिरिक्त क्रियाकलापका  रुपमा पछिल्लो समयमा चोयाकोट माविले विद्यार्थीलाई कुनै पनि सिपमा आत्मनिर्भर बनाउन  सिपमूलक कक्षा सञ्चालन गर्दे आएको छ । पढाइसँगै परम्परागत सिपलाई बढवा दिनका लागि प्रत्येक हप्ताको शुक्रवार  डोका बुन्न सिकाई रहेको  नगरप्रमुख खड्काले जानकारी दिए । ‘विद्यार्थीले  पढ्दै सिक्दै रमाउँदै गरुन् भन्ने अभियानले चोयाकोट माविबाट यो कार्यक्रम सुरु गरेका छौँ। आगामी वर्ष नगरपालिका भरी कार्यक्रम  लागू गरिने छ।’उनले भने।   प्रशिक्षक नारायण सिग्देललाई सुर्खेतबाट बोलाएर विद्यालय स्तरी तालिम दिइएको नगरप्रमुख खड्काको भनाई छ।

        डोका बुनिसकेपछि यसको बजारीकरण गर्न नगरपालिकाले जिम्मा लिने समेत प्रमुख खड्काले भनेका छन् । यती बेला चोयाकोट माध्यमिक विद्यालयका विद्यार्थीहरूले ५० वटा डोका बनाएर नगरपालिकालाई  हस्तान्तरण गरेको प्रधानाध्यापक गोरख बहादुर थापाले बताएका छन् । उनका अनुसार बिहीबार एक औपचारिक कार्यक्रमका बीच नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

बिद्यार्थीेहरुले बनाएका डोकाहरु सरसफाइ कार्यक्रममा प्रयोग गरिने बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले भने । सकरात्मक सोचका साथ समाजमा केही काम गर्न बजेट नै चाहिँदैन भन्ने उदाहरण चोयाकोट माविबाट उदाहरणीय  कामको सुरुवात भएको स्थानीय  दाताराम खड्काको भनाई छ ।

   विद्यालयको लगानी र विद्यार्थीको मेहनेतको उदाहरण दिंदै नगर प्रमुख खड्काले बिना लगानी यति राम्रा कामहरु गर्न अन्य विद्यालयले पनि सिक्न आवश्यक रहेको बताएका छन् । प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत  विभिन्न गतिविधि सञ्चालन गर्दै बिद्यार्थीेको आम्दानीमा जोड दिन यो कार्यक्रम प्रभावकारी बन्दै गएको छ चोयोकोट मावि त एक प्रतिनिधिमूलक विद्यालय हो।

  पछिल्लो समयमा बाजुराको स्थानीय  उत्पादन  तथा सिप लोपोन्मुख अवस्थामा छ भने युवा युवतीहरु सबै खाडी मुलुकमा छन् ।  अझ पछिल्ला दिनमा त  १२ कक्षा पास गर्दै बाजुराका युवायुवतीहरूले  अभिभावकलाई  ऋणको भारी वकाउँदै  विदेशिनेको लर्को बढ्दै गएको छ। बालबालिकालाई प्रारम्भिक अवस्थामै सिपसिकाउन सके , भविष्यमा स्वदेशमै केही काम गरी स्वरोजगार बन्न सक्छन्। त्यसैले भविष्यमा स्वारजगारी वनाउन  बर्तमानमा ब्यवसायिक शिक्षामा जोड दिनुआवस्यक छ । युवा स्वरोजगार बनाउन  शिक्षा नीतिमै सुधार ल्याउन आवश्यक छ बडिमालिका नपा एक पिनालेख स्थित  जाल्पा मावि  प्रधानाध्यापक  वेदप्रकाश जोशीको भनाई छ ।

    स्थानीय श्राम र सिपलाई बढाउने हो भने बाजुराका  प्रत्येक  ग्रामीण भेगमा  प्राय विद्यार्थीहरुलाई स्थानीय स्तरमा उत्पादन चोया , जंगलमा सडेर गएको काठका सदुपयोग गराउन सकिन्छ ।

त्यसैगरी,  अल्लो  भांगो, स्याउ , आलुफापर कोदोका परिकार  कागती फलफूल जन्य जुस उत्पादन , मोबाइल  घडी मर्मत , दुना टपरी निर्माण गराउन सकिन्छ।  राडी ,पाखी, लिउ ,फेरे लगायतका घरबुना सामाग्री उत्पादन गराएर  ब्यबसायिक दक्षता बढाउन सकिन्छ भने आधुनिक प्रविधिमैत्री बनाउन पढ्दै सिक्दै कार्यक्रम मार्फत निकट भविष्यमा स्वरोजगार बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्