प्रकाश भिडियो पसलमा



काठमाडौं ।

नायक प्रदीप खड्काको प्रसंषित फिल्म प्रकाश भिडियो पसल एपमा रिलिज भएको छ। सामाजिक यथार्थमा आधारित प्रकाश हेरेका दर्शकले फिल्मको कथावस्तु र सन्देशका साथमा कलाकारको अभिनयलाई मन पराएका थिए।

कर्णालीको रहनसहन र जीवनशैलीमा बनेको फिल्ममा जनयुद्धमा बेपत्ता पारिएको बाबुको परिवारमा छोराले शिक्षक बन्न गरेको संघर्षको कथा छ। फिल्ममा प्रदीपका साथमा दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायत कलाकारले अभिनय गरेका छन्।

फिल्म दिनेश राउतले निर्देशन गरेका थिए भने विकास सुवेदीले लेखेका थिए। दिनेशको निर्देशनमा बनेको पछिल्लो फिल्म पूजार सार्की दोस्रो सातामा चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्