ईश्वरले ल्याए जे सुख मिल्दछ

282
Shares

काठमाडौं ।

गायक ईश्वर मगियाले भक्ति गीत जे सुख मिल्दछ सार्वजनिक गरेका छन्। गायक मगियाले खेमराज केशवशरणको शब्द र नरेन्द्र प्यासीको संगीत रहेको भजन भिडियोसहित सार्वजनिक गरेका हुन्।

योगेन्द्र कार्कीको निर्देशन रहेको भजनको भिडियोमा ईश्वर मगिया आफैँले अभिनय गरेका छन्। विशाल थापाको समूहले खिचेको भिडियो योगेन्द्र कार्कीले सम्पादन गरेका छन्।

गायक तथा गीतकार मागिया एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन्। यो अवधिमा उनले दर्जनभन्दा वढी गीति एल्बम सार्वजनिक गरेका छन्।