मायाका रंगहरूमा सिक्कीमका कमेडियन



काठमाडौं ।

अभिनेता पल शाह, सुनील थापा र बुद्धि तामाङले अभिनय गर्ने फिल्म मायाका रंगहरूमा सिक्किमका चर्चित कमेडियन पदम तामाङ अनुबन्धित भएका छन्।

तामाङ गरिमा इन्टरटेनमेन्टका सञ्चालकसमेत हुन्। उनलाई फिल्मका निर्माता तथा निर्देशक केवल तामाङले हालै काठमाडौंमा अनुबन्धित गरेका हुन्। तामाङले फिल्मका लागि प्रमुख नायिकाको खोजी भइरहेको बताए।

पुनम तामाङको प्रस्तुति र प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा आरबी थाङदेनले निर्माण गर्ने फिल्म काठमाडौं र इलामसँगै भारतको दार्जिलिङमा गरिनेछ। जेनिश न्यौपाने र दीपेन्द्र चिलवाल सहनिर्माता रहने फिल्ममा शेखर ज्ञवालीको कथा, तारा प्रकाश लिम्बू, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी तथा सौरभ लामाको छायांकन निर्देशन रहनेछ।

फिल्मको हेड अफ प्रोडक्सन तथा लाइन प्रोड्युसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन्।

प्रतिक्रिया दिनुहोस्