विश्व वातावरण दिवस

वालकुमारी सामुदायीक वनक्षेत्र सरसफाई



ललितपुर ।

ललितपुर महानगरपालिका–१८ ले सैंबुस्थित श्री वालकुमारी सामुदायिक वन क्षेत्र सफाई गरेको छ । विश्व वातावरण दिवसको अवसरमा वडा कार्यालयले सामुदायीक वनक्षेत्र सफाई गरेको हो । गतवर्ष वृक्षरोपण गरिएको विरुवा गोडमेल गर्नुका साथै विरुवामा मल हालेको थियो । पर्यापयटन विकास र वनक्षेत्रमा नयाँ प्रजातिका बिरुवा संरक्षण गर्न सरसफाइ कार्यक्रम आयोजना गरेको वडा अध्यक्ष दामोदर खड्काले जानकारी दिनुभयो ।

उहाँले १८ नम्बर वडाको सपनाको परियोजनाको रुपमा परिणत गर्न वडा कार्यालय लागि परेको बताउनुभयो । भन्नुभयो–‘सल्लाको रुख रहेको यो वनक्षेत्रलाई वडाले ड्रीप परियोजना सञ्चालन गर्नेछ । विश्व वातावरण दिवसको अवसरमा यस वडाभित्र सञ्चालित निजी तथा सामुदायीक विद्यालयलाई १० वटा विरुवा रोप्न निर्देशन दिएको जानकारी गराउदै वडा अध्यक्ष खड्काले भन्नुभयो–मानिसको जीवन विरुवा हो, विरुवाको संरक्षण गरे हामी स्वस्थ्य रहन्छौ ।सरसरफाइ कार्यक्रममा नेप्सेम्याकले विरुवामा हाल्ने मल उपलब्ध गराएको थियो । वन समुहको सहयोगमा सम्पन्न कार्यक्रममा समुहका अध्यक्ष किशोर कुँवरले यो सामुदायीक वनलाई महानगरपालिका भित्रको नमुनाको वनको रुपमा पहिचान दिन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

‘वडाकै सहयोगमा हामीले वनक्षेत्रमा खुला व्यायामसाला सञ्चालन गरेका छौ, केही दिनमा पर्यापर्यटन प्रबर्धनगर्न थप कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छौ– अध्यक्ष कुँबरले भन्नुभयो । महानगरमा भएका वनक्षेत्रमध्ये नमुनाको रुपमा रहेको यसक्षेत्रको विकास गर्न विभिन्न परियोजना तयार भएको छ त्यसलाई कार्यान्वयन गर्ने क्रममा रहेको अध्यक्ष कुँबरको भनाई थियो । अध्यक्ष कुँवरले अब हरेक शनिवार वनक्षेत्रमा सररफाई जारी राख्ने बताउनुभयो ।

सरसफाई कार्यक्रममा वडासदस्यहरु रुकमणी महर्जन, गोपाल डंगोल र राधिका रोका वडाका सल्लाहकार रेश्मा थापा, वन समुहका पुर्वअध्यक्ष एवं सैबु खानेपानी तथा सरसफाईका अध्यक्ष नवराज कुँबर, श्री वालकुमारी सिर्जना क्लबका अध्यक्ष दीपक थापा, क्लबका पुर्व अध्यक्ष एवं सल्लाहकार शालिकराम कुँबर, वन समुहको पदाधिकारी , महानगरीय प्रहरी वृत बुंगमती, निर्मल स्कुल र वालकुमारी आधारभुत विद्यालयका विद्यार्थी, महिला समुह लगायतको उपस्थित रहेको थियो ।

डिभिजन वन कार्यालयले उत्कृष्ठ वनको रुपमा प्रमाणित गरेको वालकुमारी बन समूहको कार्य उत्कृष्ट रहेको अध्यक्ष खड्काको भनाई थियो । वडा कार्यालयले सोक्षेत्रमा साहसिक खेल साइकल ट्रेल र वृक्षारोपण गर्न सहयोग जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्