काठमाडाैंमा एक पुरुषले आफैँलाई पेट्रोल छर्केर आगो लगाएपछि…



काठमाडौं ।

चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका छन् । मंगलबार राति घरायसी विषयमा श्रीमतीसँग विवाद भएपछि श्रीमानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएकाे प्रहरीले जाकारी दिएकाे छ  ।

प्रहरीकाअनुसार आगो निभाउने क्रममा एकै परिवारका ४ सदस्य पनि घाइते भएकाे जनाएकाे छ।  श्रीमानले शरीरमा आगो लगाएपछि निभाउन गएकी श्रीमती र तीन छोरी पनि घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्ररहरीले जनाएकाे छ  ।

घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते पाँचै जनाको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे  थप अनुसन्धान भइरहेकाे छ  ।

प्रतिक्रिया दिनुहोस्