कोटेश्वरमा आगलागी, २ जना घाइते

4.2k
Shares

काठमाडौं ।

कोटेश्वरस्थित किराना होलसेल गोदाममा आगलागी भएको छ । बुधबार दिउँसो महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी शिवराज बुढाथोकीका अनुसार महादेवस्थानमा रहेको गोदाममा भएको हो ।

घाइते हुनेहरुमा धनुषा घर भई कालिमाटी बस्दै आएका २३ वर्षीय बिक्कर लामा र भक्तपुरको सूर्यविनायक–६ घर भएका २८ वर्षीय उदय श्रेष्ठ छन् ।

हाल आगो निभाउने प्रयास जारी रहेको छ ।