सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

17.1k
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

बुधबार सुन तोलाको ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५०० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन प्रतितोला १ लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।