डान्सिङ नम्बरमा सुवी डु



काठमाडौं ।

आगामी शुक्रबारबाट रिलिजमा आउने प्रेमकथाको फिल्म लन्डन टु पेरिसमा समावेश सुवी डु बोलको गीत सार्वजनिक गरिएको छ। रोमान्टिक गीतमा बियोन्डको संगीत र शब्द तथा बियोन्डका साथमा प्रबिसा अधिकारीको स्वर रहेको छ।

डान्सिङ नम्बरको गीतको भिडियोमा निश्चल खड्का, कविर खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा, मनीष गान्धी र रुष्मा थापालाई फिचरिङ गरिएको छ। गीतको भिडियोमा लंगनेस फर्नान्डेजको कोरियोग्राफी रहेको छ।

घनश्याम लामिछानेद्वारा निर्देशित फिल्ममा लेखन प्रदीप भारद्वाज, कोरियोग्रँफी लङगिनस फरनान्डिज, कला निर्देशन कला पालन, छायांकन निर्देशन अभेद परब र कुनाल कमद तथा सम्पादन सजु चन्द्रनको रहेको छ।

एबी इन्टरनेसनल, गौतम प्रोडक्सन र अर्चिड भास फिल्म्स् लिमिटेडको ब्यानरमा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अङ्कित गौतम र सनिश खकुरेलद्वारा निर्मित फिल्ममा रुश्मा थापा, मनीष गान्धी, मनीष श्रेष्ठ, लाकविक्रम मल्ललगायत कलाकारले पनि अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्