राजेशपायलको गाउँवेंशी

658
Shares

काठमाडौं ।

लोकप्रिय गायक राजेशपायल राईको नयाँ गीत सार्वजनिक गरिएको छ। नव गीतकार केशव राईको शब्द रचना रहेको गाउँबेंसी बोलको गीत राजेशपायलको स्वरमा सार्वजनिक भएको हो।

संगीतकार तथा गायक राई नबिनद्वारा संगीतबद्ध गीतमा महाराज थापाको एरेन्जमेन्ट र योगेन गुरुङको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ रहेको छ। सरिता राईद्वारा निर्मित गीतको भिडियो विशाल चौतारी टिभी युट्युब च्यानलमा अपलोड गरिएको छ। गीतको भिडियोमा क्यामेरा, इडिट, कलर र ड्रोन विशाल राईको छ।

राजेशपायलले गाउँघरको शब्दले आफूलाई गाउँमै पुर्‍याउने बताए। ‘गाउँघर, भञ्ज्याङ चौतारीलाई विम्ब बनाएर लेखिएका शब्दले मलाई औधी छुन्छ। गीतकार केशव राईले गाउँलाई मज्जाले खिपेका छन्,’ गायक राईको भनाइ छ। त्यस्तै, गीतकार केशवले पनि आफ्नो पहिलो गीत गायक राजेशपायलको स्वरमा ल्याउने चाहना पूरा भएको बताए।