अस्ट्रेलियामा खिचियो कौडा

588
Shares

काठमाडौं ।

अस्ट्रेलियामा पहिलोपटक कौडा तथा चुड्का गीत छायांकन गरिएको छ। सपना पुनको प्रस्तुतिमा सालीनानी बोलको कौडा तथा चुड्का गीत सार्वजनिक गरिएको हो। सालीनानीमा गायक गणेश गुरुङ र गायिका सुष्मा पुनको स्वर रहेको छ।

कौडामा गायकद्वय दुर्गा गुरुङ र तेजेन्द्र दुरा तथा गायिकाद्वय भीमु गुरुङ, सुमितामी परियारले सामूहिक स्वर दिएका छन्। गीतमा शब्द र संगीत गायक गणेशको रहेको छ भने संगीत संयोजन दुर्गा गुरुङको रहेको छ।

गीतको भिडियो राजीव बलामीले निर्देशन गरेका छन्। फुलु मगरको कोरियोग्राफी रहेको भिडियोमा गायक गणेश र गायिका सपनाका साथमा विन्दु गुरुङ, शिला गुरुङ, सृष्टि मगर, स्वार्णिमा गुरुङ, स्मृति गुरुङ, प्रिया गुरुङ र अन्न्यले नृत्य गरेका छन्। भिडियोको छायांकन राजीव बस्नेत र सम्पादन विष्णु शर्माले गरेका छन्।