गौरव र क्विन्सीलाई उपाधि



काठमाडौं ।

एभरेष्ट इभेन्ट्सद्वारा राजधानीमा आयोजित तेस्रो मिस्टर एन्ड मिस एसईई सुपरमोडल २०२४ को उपाधि गौरव सिटौला र क्विन्सी श्रेष्ठले जितेका छन्।

प्रतियोगितामा अवय खड्गी र जेसिकासिंह ठकुरी फस्ट, विशेष श्रेष्ठ र मिमोसा राई सेकेन्ड, शिशिर रेगामी मगर र एन्जल थापामगर थर्ड तथा सहारा लामा फोर्थ रनर्सअप भएका छन्। शीर्ष उपाधि विजेताले उपाधीसँगै ५० हजार रुपियाँ प्राप्त गरेका छन्।

प्रतियोगितामा दीपशान्त नेपाली र कुसुम गुरुङ अर्गनाइजर च्वाइस, आदित्य गौतम र अप्सना पन्त ब्रान्ड एम्बेस्डर, उक्रिशा मुडवरी ब्युटी विथ ब्रेन, निश्चल खत्री, रोजिना कार्की रञ्जिता कर्माचार्य मस्ट पपुलर तथा कुसुम गुरुङ र छसुम राई भ्युअर्स च्वाइस् विजेता बने।

प्रतिक्रिया दिनुहोस्