ओभुलेशन र गर्भावस्थाबारे जान्नै पर्ने कुराहरु



काठमाडाैं ।

परिवारको योजना बनाउँदै गरेका दम्पतीले ओभुलेशन चक्रका बारेमा बुझ्नु महत्त्वपूर्ण हुन्छ किनकि यो प्रत्यक्ष रूपमा गर्भावस्थासँग सम्बन्धित छ । गर्भधारण गर्न प्रयास गर्ने धेरै दम्पतीहरू सफल हुँदैनन् किनभने उनीहरूलाई महिनावारी चक्र वा ओभुलेशन हुने सहि दिनको फर्टायल विन्डोुबारे थाहा हुँदैन। ओभुलेशन र गर्भावस्थाको बारेमा धेरै गलत धारणाहरू व्याप्त छन् र इमानदारीपूर्वक भन्नुपर्दा यो केहि झुक्किने खालकै छ१ तपाईंको चक्र कति लामो छ, ठ्याक्कै तपाईंको उर्वर विन्डो कहिले हुन्छ, यो प्रक्रियाको बारेमा केहि प्रश्नहरू हुनु सामान्य हो। त्यसैले चिन्ता नगर्नुहोस्, हामी तपाईंलाई यसका बारेमा बताउने छौं१ ओभुलेशनको बारेमा स्पष्ट जानकारी र यसले गर्भावस्थालाई कसरी असर गर्छ भन्ने जान्नको लागि यो आलेख पढ्नुहोस्।

कुराहरूलाई तुलनात्मक रूपमा हेरौँ

सर्वप्रथम यो याद गर्नुहोस् कि गर्भधारण गर्न धेरै महिना लाग्नु पूर्णतया सामान्य होस प्रयास गरेको पहिलो महिनामा थोरै महिलाहरू गर्भवती हुन्छन्। प्रत्येक जोडीको अभिभावकत्वको यात्रा फरक हुन्छ र यसले कति समय लिन्छ भन्ने कुनै जादुयी जवाफ छैन। विश्वव्यापी रूपमा करिब ९० प्रतिशत महिला एक वर्षभित्र गर्भवती हुने र नेपालमा ३९ प्रतिशत महिलाले विवाह भएको १ वर्षभित्र पहिलो सन्तान जन्माउने गरेको अध्ययनले देखाएको छ। त्यसैले, यदि तपाईंले एक वर्ष प्रयास गरेपछि पनि गर्भधारण गर्नुभएको छैन भने प्रजनन विशेषज्ञलाई सम्पर्क गर्नुहोस्।

ओभुलेशनबारे बुझौं

बास्तवमा ओभुलेशन भनेको के हो भनेर बुझ्नु महत्त्वपूर्ण छ। अण्डाशयको समयमा, परिपक्व अण्डा डिम्बाशयबाट तल गर्भाशयतर्फको फलोपियन ट्यूबमा जान्छ र २४ घण्टाको लागि सक्रिय रहन्छ। यदि यो समयमा शुक्राणुहरू महिला प्रजनन पथमा उपस्थित छन् भने तिनीहरूले अण्डालाई उर्वर गर्न सक्छन्, जसको परिणामस्वरूप गर्भ रहन्छ। त्यसपछि, निषेचित अण्डा फलोपियन ट्यूबमा सर्छ र आफैँलाई गर्भाशयको सतहमा प्रत्यारोपण गर्दछ, जहाँ यो भ्रूण बन्छ। ओभुलेशन सामान्यतया प्रत्येक महिनामा एक पटक हुन्छ र तपाईंको अर्को महिनावारी चक्रभन्दा लगभग दुई हप्ताअघि र १६ देखि ३२ घण्टासम्म रहन्छ।

ओभुलेशन र गर्भावस्था

जब तपाईं आफ्नो ओभुलेशन चक्रको बारेमा बुझ्नुहुन्छ, तब गर्भवती हुने सम्भावना उच्च हुन्छ। महिलामा करिब १ देखि २० लाख अण्डा भएपनि हरेक महिना एउटा मात्रै अण्डा निस्कन्छ। डिम्बाशयबाट अण्डा निस्किएको २४ घण्टाभित्र निषेचन भएन भने अण्डा टुक्रिन्छ। अर्कोतर्फ शुक्राणु ३ देखि ५ दिन मात्र सक्रिय रहन्छ। त्यसैले शुक्रकीट र अण्डा दुवै सही समयमा एकसाथ उपलब्ध हुनु महत्त्वपूर्ण छ।

महिनावारी चक्र सामान्यतया २३-३५ दिन हुन्छ। यदि तपाईंले आफ्नो वर्तमान चक्रको अन्त्यबाट १४ दिन घटाउनुभयो भने तपाईं आफ्नो ओभुलेशनको अनुमानित दिनमा पुग्नुहुनेछ। गर्भावस्थाको लागि उत्तम समय भनेको तपाईंले ओभुलेट हुनुभन्दा एक वा दुई दिन अघि मात्र हो। यद्यपि, महिलाहरूको चक्रमा थोरै भिन्नताहरू हुन सक्छन्। त्यसकारण तपाईंले आफ्नो उर्वर विन्डो गणना गर्नुपर्छ।

ओभुलेशन हुने दिनको ट्र्याकिङ

तपाईंको शरीरले ओभुलेशन सुरु हुन लागेको छ भनी सूक्ष्म संकेत दिन्छ। यदि तपाईं यी संकेतहरु अवलोकन गर्न सक्नुहुन्छ भने, तपाईं आफ्नो ओभुलेशन हुने दिन ट्र्याक गर्न र उर्वर विन्डो भविष्यवाणी गर्न सक्षम हुनुहुनेछ। यस क्रममा योनिस्रावको स्थिरतामा परिवर्तन हुन्छ र तल्लो पेटमा हल्का दुखाइ हुन्छ, स्तन कोमल र फुल्ने हुन्छ र यौन इच्छा पनि बढ्छ। तपाईंको शरीरको तापक्रममा पनि अलिकति वृद्धि हुन्छ। यदि तपाईं तापक्रम प्रयोग गरेर आफ्नो उर्वर विन्डो ट्र्याक गर्ने योजना गर्दै हुनुहुन्छ भने ओछ्यानबाट उठ्नुअघि हरेक बिहान आफ्नो तापक्रम मापन गर्न बेसल थर्मोमिटर प्रयोग गर्नुहोस्। तापक्रम बढ्नुभन्दा २ देखि ३ दिन अगाडिको समय नै तपाईंको उर्वर विन्डो हो। आफ्नो ओभुलेशनको ढाँचा बुझ्न केही समयको लागि अवलोकन गर्नुहोस्।

तपाईंले अण्डाको रिलिजलाई ट्रिगर गर्ने लुटेनाइजिंग हार्मोन ९ीज्० मा हुने वृद्धिद्वारा पनि ओभुलेशनको भविष्यवाणी गर्न सक्नुहुन्छ। यो सामान्यतया अण्डा रिलिज हुनुभन्दा ३६ घण्टाअघि हुन्छ र प्रजनन निगरानी किटद्वारा ओभुलेशनको दिन पत्ता लगाउन अनुगमन गर्न सकिन्छ।

ओभुलेशन क्यालेन्डर राख्नु पनि धेरै उपयोगी छ। अनियमित महिनावारी चक्र भएका महिलाहरूले ३(४ महिनाको लागि ओभुलेशन क्यालेन्डर कायम राख्न सक्छन् र औसत चक्रको लम्बाइ, ओभुलेशनको दिन र प्रजनन विन्डो गणना गर्न सक्छन्। आज हामीसँग मोबाइल एपहरू पनि छन् जसले ओभुलेशनको दिन निर्धारण गर्न मद्दत गर्दछन्। प्रयोग गर्न सजिला अनलाइन क्यालकुलेटरहरू वा ओभर(द(काउन्टर प्रजनन किटहरूले तपाईंलाई गर्भधारणको सबैभन्दा सम्भावित दिन पत्ता लगाउन मद्दत गर्न सक्छ। यद्यपि, यदि यो धेरै जटिल लाग्छ भने सबैभन्दा राम्रो तरिका भनेको इन्दिरा आइभीएफजस्ता प्रजनन क्लिनिकहरूसँग जोडिनु हो।

प्रजनन क्लिनिकहरूले कसरी मद्दत गर्न सक्छन्रु
प्रजनन क्लिनिकहरूले व्यापक प्रजनन मूल्याङ्कन, व्यक्तिगत उपचारका विकल्प र दम्पतीहरूलाई परिवार सुरु गर्ने लक्ष्य प्राप्त गर्न सहायता प्रदान गरेर महत्त्वपूर्ण भूमिका खेल्छन्।

पहिलो, तिनीहरूले तपाईंको प्रजनन स्वास्थ्यको पूर्ण मूल्याङ्कन गरेर तपाईंलाई सहायता प्रदान गर्छन्। यो मूल्याङ्कनमा चिकित्सा इतिहासको समीक्षा, शारीरिक परीक्षण र प्रजनन क्षमतालाई असर गर्न सक्ने ओभुलेशन अनियमितताहरू सहितका कुनै पनि समस्याहरू पहिचान गर्न निदानात्मक परीक्षणहरू समावेश हुन सक्छ।

अर्को, तिनीहरूले सही समय निर्धारण गर्न ओभुलेशन निगरानीको लागि विभिन्न विधिहरू प्रस्ताव गर्छन्। यसमा ओभूलेसन क्यालकुलेटर र किटहरू प्रयोग गरेर महिनावारी चक्र ट्र्याक गर्न, तपाईंको प्रोजेस्टेरोन स्तरहरू जाँच गर्न रगत परीक्षण गराउने ९जसलाई ओभूलेसन पत्ता लगाउन प्रयोग गर्न सकिन्छ०, वा अण्डाशयमा फोलिकल विकास अवलोकन गर्न अल्ट्रासाउन्ड मनिटरिंग समावेश हुन सक्छ।

इन्दिरा आइभीएफले तपाईंलाई अत्याधुनिक अनलाइन उपकरणहरू जस्तै गर्भावस्था क्याल्कुलेटर, ओभुलेशन क्याल्कुलेटर, पिरियड क्याल्कुलेटर, गर्भधारणको क्याल्कुलेटर र गर्भावस्थाको बाँकी समय क्याल्कुलेटरमा पहुँच दिन्छ, जुन विस्तृत व्याख्याहरूसहित उपलब्ध हुन्छन्। क्लिनिकले व्यक्तिगत उपचार योजनाहरू, मनोवैज्ञानिक मूल्याङ्कन, प्राविधिक समर्थन र सकारात्मक परिणामहरूको लागि गर्भावस्थाको निर्देशित यात्राहरू पनि प्रदान गर्छन्। ।

प्रतिक्रिया दिनुहोस्