नेपाल १०६ रनमा अलआउट



काठमाडाैं  ।

टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाल १०६ रनमा अलआउट भएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९।२ ओभरमा सबै विकेट गुमाएर नेदरल्यान्ड्सलाई १०७ रनको सहज लक्ष्य प्रस्तुत गरेको हो । ओपनर आसिफ शेख र कुशल भुर्तेल आउट भएपछि आएका अनिल साह आउट भए । त्यसपछि कुशल मल्ल आउट भए ।

टाइगर उपनामले परिचित दीपेन्द्रसिंह ऐरी मात्र १ रनमा आउट भए । सोमपाल कामी शून्य रनमा नै आउट भए । त्यसपछि कप्तान रोहित पौडेल आउट भए । त्यसपछि छक्कासहित राम्रो ब्याटिङ गरिरहेका करण केसी आउट भए । त्यसपछि छक्कासहित १५ बलमा १४ रन जोडर गुल्सन झा आउट भए । लगत्तै आएका अविनास बोहोरा शूल्य रनमा नै डकआउट भएपछि नेपाल १०६ रनमा समेटिए ।

प्रतिक्रिया दिनुहोस्