टी२० विश्वकप: नेदरल्याण्ड्स सामू नेपालको विकेट पतन तीव्र



काठमाडौं ।
पुरुष टी२० विश्वकपमा आफ्नो पहिलो खेलमा टस हारेर नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले लगातार विकेट गुमाइरहेको छ ।

यो सामग्री तयार पार्दासम्म १३.२ ओभर सकिँदा नेपालले ६ विकेट गुमाएर ६६ रन जोडेको छ । शुरूको पाँच ओभर सकिँदा २ विकेट गुमाएर नेपालले २५ रन जोडेको थियो । ओपनर ब्याटर आशिफ शेख ८ बलमा ४ रन र कुशल भूर्तेल १० बलमा ७ रन बनाएर आउट भएका थिए ।

७.४ ओभरमा सकिँदा १२ बलमा ११ रन बनाएर तेस्रो विकेटका रूपमा अनिल साह पेभेलियन फर्किए । कुशल मल्ल ९.४ ओभरमा ९ बलमा ९ रन बनाउँदै चौथो विकेटका रूपमा आउट भए । छैठौं विकेटका रूपमा सोमपाल कामी १३.२ ओभरमा पाँच बल खेल्दै शून्य रनमा आउट भए ।

प्रतिक्रिया दिनुहोस्