संगीतकर्मी र पत्रकारलाई सम्मान



काठमाडौं ।

आगामी शुक्रबार राजधानीमा हुने ११औं म्युजिक खबर म्युजिक अवार्ड २०८० अन्तर्गतका विभिन्न सम्मानको घोषणा गरिएको छ। अवार्ड समारोहमा पाँच दशकदेखि गीत रचनाको क्षेत्रमा योगदान पुर्‍याएवापत गीतकार चुडामणि देवकोटालाई नगद ५१ हजार रुपियाँसहित म्युजिक खबर दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ।

त्यसैगरी पाच दशकभन्दा लामो समयदेखि योगदान पुर्‍याएवापत गायक ओम विक्रम विष्टलाई म्युजिक खबर डायस्पोरा संगीत सम्मानबाट सम्मानित गरिने भएको छ भने तीन दशकदेखि सांगितीक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार अशोककुमार राईलाई म्युजिक खबर रजत संगीत सम्मानबाट सम्मानित गरिने भएको छ।

गीत संगीतका विभिन्न विधामा अवार्ड प्रदान गरिने कार्यक्रममा गायक राजु परियार र गायिका रीता थापा मगरलाई म्युजिक खबर दशक संगीत सम्मानबाट सम्मानित गरिने भएको छ। गायक बैकुण्ठ महतलाई म्युजिक खबर युवाप्रतिभा संगीत सम्मान गायक अशोक दर्जीलाई म्युजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मानबाट सम्मानित गरिने भएको छ।

त्यसैगरी तीन दशककदेखि पत्रारिता क्षेत्रमा योगदान पुर्‍याएवापत पत्रकार डब्बु क्षेत्रीलाई म्युजिक खबर संगीत पत्रकारिता सम्मान र दुई दशकदेखि योगदान पु¥याएवापत सञ्चारकर्मी सुदर्शनप्रसाद आचार्यलाई म्युजिक खबर संगीत सञ्चारकर्मी सम्मानबाट सम्मानित गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्