पूर्णबहादुरको सारंगीमा अञ्जना

84
Shares

काठमाडौं ।

अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म पूर्णबहादुरको सारंगीमा नायिका अञ्जना बराइली अनुबन्धित भएकी छन्।

फिल्ममा कलाकारको लाइनअप पूर्ण हुने क्रममा रहेको छ। निर्माण पक्षले फिल्मका लागि मुख्य भूमिकामा यसअघि प्रकाश सपूत, मुकुन भुसाल, विनोद न्यौपाने, भोलाराज सापकोटा र देशभक्त खनाललाई अनुबन्धित भइसकेका छन्। अहिलेसम्म अनुबन्धित सबै कलाकार शीर्ष भूमिकामा रहने निर्माता विनोद पौडेलले जानकारी गराएका छन्।

छायांकनमा जाने तयारीमा रहेको फिल्म सरोज पौडेलको लेखन र निर्देशनमा बन्न लागेको हो। सोसल–ड्रामामा बन्ने फिल्मले मौलिक कथाको एक गहन विषयलाई उठान गर्ने लेखक तथा निर्देशक पौडेलले जानकारी गराए।

विनोद पौडेल र प्याट्रिक सुवेदीको निर्माण तथा रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता रहने फिल्ममा महेश दवाडीको पटकथा र संवाद तथा प्रशान्त सिवाकोटीको संगीत रहनेछ। फिल्म आगामी वर्ष रिलिजमा ल्याइने निर्माण संस्थाले जानकारी गराएको छ।