टी-२० विश्वकपमा वेस्ट इन्डिजको विजयी सुरुवात

1.7k
Shares

काठमाडौं ।

आईसीसी टी–२० विश्वकपअन्तर्गत वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनी(पीएनजी) लाई ५ विकेटले पराजित गरेको हो।

पीएनजीले दिएको १३७ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । वेस्ट इन्डिजको जतमा रोस्टन चेजले अविजित ४२ रन बनाए। ब्रान्डन किंगले ३४, निकोलस पुरनले २७ रन जोड्दा कप्तान रोभमन पावेल र आन्द्रे रसेलले समान १५ रन बनाए।

पीएनजीका कप्तान असद भालाले दुई विकेट लिए। जोन कारिको, एलेइ नाओ र चाड सोपेरले समान एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङमा आएको पीएनजीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३६ रन बनाएको थियो।

पीएनजीका शेशे वाउले ५० रनको योगदान गरे। किप्लिन डोरिगाले २५ रन बनाउँदा कप्तान असद भालाले २१ र चार्ल्स एमिनीले १२ रन जोडे। वेस्ट इन्डिजका अल्जारी जोसेफ र आन्द्रे रसेलले समान दुई विकेट लिए। अकिल हुसैन, रोमारियो सेफर्ड र गुडाकेस मोटेले समान एक विकेट लिए।