उदयपुरबाट फेरि ३ सय किलो गांजा बरामद



काठमाडौं ।

सशस्त्र प्रहरिले जेठ २० गते आइतबार सांझ उदयपुर बाट फेरि ३ सय किलो गांजा बरामद गरेको छ ।

उदयपुर जिल्ला बेलका नगरपालिका-८ सिसौलिघाट स्थित सुरक्षा बेश रामपुरबाट खटिएको गस्ती टोलिले बिशेष सुचनाको आधारमा सिसौलिघाटको जंगलमा ७ वटा बोरामा लुकाई छिपाई राखेको अबस्थामा करिब ३ सय किलो प्रतिवन्धित लागु औषध गांजा बरामद गरेको हो ।

आइतबार बिहान २ सय ८० किलो गांजा बरामद भएको ठाउँ नजिकै बाट सांझ करिब ३ सय किलो गांजा बरामद भएको हो । सो ठाउंमा थप गांजा लुकाएर राखिएको भन्ने सुचना पाएपछी सांझ पनि खोजतलास गरिएको थियो ।

बरामद गांजा आबश्यक कारबाहिका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्