सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान



काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षक पदमा पदोन्नती भएका ७ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८० भाद्र १३ गतेको निर्णयले सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को मिति २०८० भाद्र १ गतेको निर्णयले सशस्त्र प्रहरी नायव निरीक्षकबाट सशस्त्र प्रहरी निरीक्षक पदमा पदोन्नती भएका थिए । उनीहरु एफपीयु मिशनमा कार्यरत रहेकाले आज दर्ज्यानी चिन्ह प्रदान गरीएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्