स्थानीय तहले गरेका सत्य तथ्य वाहिर ल्याउन पत्रकारलाई आह्वान



बुटवल  ।

स्थानीय तहका सवालमा पत्रकारहरुले कलम चलाउन सहजहोस भन्ने लक्ष्य सहित पत्रकारहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा जिल्लाका ४ दर्जन बढीपत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले नगरपालिकाले गरेका कामका बारेमा पत्रकारहरुले सत्य तथ्य बाहिर ल्याउन आग्रह गर्नु भयोे ।पत्रकार समाजको ऐना भएको भन्दै उहांले सरकारले गरेका राम्रा नराम्रा काम कारबाहीको बारेमा सत्य तथ्य बाहिर ल्याइदिए कमिकमजोरी सच्याउन सहज हुने समेत बताउनु भयो ।

पछिल्लो समय स्थानीय तह भ्रष्टाचारको अखडा हुन् भन्ने भास्य निर्माण गर्ने दुस्प्रयास भैरहेको भन्दै उहांले त्यसले संघीयता कार्यान्वयनमा कठिनाई उत्पन्न हुने चिन्ता ब्यक्त गर्नु भयो । तालिमको सहजिकरण गर्दै राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले सामाजिक सञ्जालका कारण पत्रकारीता चुनौतिपुर्ण भए पनि खोजि पत्रकारीताको माग थप बढेर गएको बताउनु भयो ।

प्रविधिको तिब्र विकाससँगै पत्रकारीताको माध्यमहरूको विकास भएको भन्दै उहाँले समाजले खोजेका बिषयबतु पस्किन सक्नुपर्नेमा जोड दिर्नु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बोल्दै पत्रकार समय सापृेक्ष परिवर्तन हुनुपर्नेमा जोड दिर्नु भयो ।

तालिममा रूपन्देहीका चार दर्जन बढी पत्रकारहरूको सहभागीता रहेको कार्यक्रम संचालक पत्रकार कमला पाण्डेयले  बताए ।

प्रतिक्रिया दिनुहोस्