प्रधानमन्त्री प्रचण्ड भेट्न एमाले अध्यक्ष ओली सिंहदरबारमा



काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन्। अहिले उनीहरूबीच छलफल चलिरहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा समसामयिक विषयमा छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा विशेषगरी आजबाट सुरु भएको बजेटमाथिको छलफल, मधेस सरकार लगायतका विषयमा छलफल हुने बुझिएको छ।

प्रधानमन्त्री प्रचण्डले आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेट गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्