बबिनाले ल्याइन् तिम्ले छोडी

70
Shares

काठमाडौं ।

प्रेम भाव र प्रेममा आउने उतारचडावको भावनालाई समेटेर बबिना भट्टराईले गीत सार्वजनिक गरेकी छन्। तिम्ले छोडी बोलको उनका गीतमा यस्तै प्रेम भावमा घुर्कीका शब्द मिसाइएको छ। नजाउ भन्न इगोले नदिने र जान मनले नदिने भावलाई नै गीतको मुख्य विषय बनाइएको छ। गीतलाई नेपालको पहिलो चारु गीत दाबी गरिएको छ।

गजलको ढाँचा अवलम्बन गरी गजलकै शैलीमा कुनै छन्द या लयमा बहेर लेखिने रचना चारु रहेको डाक्टर देवी पन्थीको तर्क छ। र, यो गजलको विकल्पमा गजल शुद्धीकरणका निम्ति प्रयोगमा ल्याइएको स्वतन्त्र विधा हो भनिएको छ।

बबिनाको स्वर संगीत रहेको गीतमा लक्ष्मी प्रसाद मिश्रका शब्द समेटिएको छ। बलराम समालले संगीत संयोजन गरेको गीतको भिडियो कन्सेप्ट र निर्देशन झल्को क्रिएसनको रहेको छ। भिडियो बबिनालाई केन्द्रमा राखेर मेहेफिल शैलीमा बनाइएको छ।