बीमा लिष्टमा थप १० वटा मेडिकल बलेज र २ वटा आँखा अस्पताल थपिए



काठमाडौं । 

स्वास्थ्य बीमा बोर्डको सूचिकृत अस्पतालमा थप १० वटा मेडिकल कलेज र २ वटा आँखा अस्पताल परेका छन् ।
आगामी आर्थिक वर्षबाट लागु हुनेगरी बीमा कार्यक्रम सञ्चालन स्वीकृति प्रदान गरिएको बोर्डका अध्यक्ष डा गुणराज लोहनीले जानकारी दिनुभयो ।
बीमा कार्यक्रम सूचिकृत भएका मेडिकल कलेजहरु क्रमश ः काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटल सिनामंगल, मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल सितापाइला, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी, बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल झापा, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगर, बिराट मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगर, चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर, देवदह मेडिकल कलेज खैरनी रुपन्देही, नेपालगञ्ज मेडिकल कलेज बाँके र किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को रहेका छन् ।
त्यसैगरी सुचिकृत भएका दुईवटा आँखा अस्पतालहरुमा दिव्यज्योति आइ केयर झापा र दृष्टि आइ अस्पताल पोखरा रहेकाछन् ।
यस अघि स्वास्थ्य बीमाको सूचिकृत अस्पताल तथा स्वास्थ्य संस्थाहरु ३ सय ७ रहेको बोर्डको वेव साईडमा राखिएको नामावलीमा उल्लेख गरिएकोछ ।

प्रतिक्रिया दिनुहोस्