नेपालभाषामा महत्वपूर्ण योगदान पुर्‍याउने चार व्यक्तित्व सम्मानित



ललितपुर।

नेपाल भाषाको पत्रकारिता क्षेत्र र नेपालभाषाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका चार व्यक्तित्वहरुलाई शनिबार सम्मान गरिएकाे छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूले शनिबार जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको उद्घाटन सत्रमा नेपालभाषा टाइम्सका पूर्व सम्पादक एवं भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धर, वरिष्ठ पत्रकार श्रीकृष्ण महर्जन, काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य र गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्यलाई सम्मान गरिएको हो। सम्मानित हुनेहरुलाई पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले दोसल्ला र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्मानपत्र प्रदान गर्नुभयो।

पत्रकारद्वयले नेपालभाषाको पत्रकारिताको माध्यमबाट मातृभाषाको पत्रकारिताको विकासमा पुर्‍याउनुभएकोयोगदानलाई कदर गर्दै सो सम्मान गरिएको थियो भने पूर्वमेयर शाक्यले काठमाडौं महानगरपालिकामा कक्षा १ देखि ८ सम्म नेपालभाषाको माध्यमबाट पढाउने विषय नीतिगत रुपमा सम्बोधन गरी थालनी गर्नुभएको थियो।

गुठी संस्थानका केन्द्रीय प्रशासक शाक्यले गुठी ऐनको मस्यौदाको तयारी अघि बढाउनुभएको थियो।यी कार्यले मातृभाषाको पत्रकारिताको प्रवद्र्धनसंगै भाषा, संस्कृति बचाउन महत्वपूर्ण योगदान पु¥याएको सम्मानपत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्