दमनमा परेका मातृभाषा र समुदायलाई आवाज दिने पूर्वराष्ट्रपति भण्डारीको धारणा



ललितपुर।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मातृभाषा पत्रकारिताले दमनमा र सीमान्तकृतमा परेका भाषा र समुदायलाई आवाज प्रदान गर्ने बताउनुभएको छ।

नेवाः पत्रकार राष्ट्रिय दबूले सार्क जर्नालिष्ट फोरम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० को सहकार्यमा शनिबार ललितपुरमा भएको सम्मेलनको उद्घाटन गर्दै उहा“ले सो कुरा बताउनुभएको ‘मातृभाषाले पत्रकारिताले विभिन्न जातजातिका भाषा र संस्कृतिको संरक्षण एवं सम्बद्र्धनमा समेत योगदान पु¥याउँछ ।’ पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो।मातृभाषामा समाचार लेख्ने पत्रकारहरुमा स्थानीय परिस्थितिको बारेमा गहिरो जानकारी हुने उल्लेख गर्दै उहाँले यसबाट पाठक र स्रोताको लागि उपयोगी र सान्दर्भिक समाचार बनाउन सघाउने बताउनुभयो।

मातृभाषा पत्रकारिताले विभिन्न भाषिक समुदायहरुबीच अनुभव र ज्ञान आदानप्रदान लागि फोरम तयार गरी सांस्कृतिक विविधतालाई जोड्न र अन्तर सांस्कृतिक समझदारीलाई प्रवद्र्धन गर्ने बताउँदै पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो ‘ मातृभाषाको पत्रकारितालाई संरक्षण गरी राष्ट्रिय एकता बलियो बनाउने छ ।’

पूर्वराष्ट्रपति भण्डारीले मातृभाषाको पत्रकारिताको विकास र प्रवद्र्धनका लागि राज्यका निकायहरु, सामुदायिक संघसंस्था र सञ्चारकर्मीहरुको साथै स्वयं मातृभाषा बोल्ने सम्बन्धित समुदायको पहल र प्रयत्न आवश्यक हुनेमा पनि जोड दिनुभयो।
नेपालमा लोकतन्त्रको पुनर्बहाली, खासगरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि सांस्कृतिक सम्पदाको रुपमा रहेको मातृभाषाहरुको संरक्षण र विकासको लागि भएका पहलहरु थालनी भएको पनि उहाँले बताउनुभयो।

उहाँले पत्रकारिता क्षेत्रले जिम्मेवारपूर्ण, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र विश्वसनीयता कायम हुने बताउँदै पत्रकारिताको भाषा जुनसुकै भएपनि आचारसंहिता पालना एवं पेशागत आचार कायम राखी पत्रकारिता क्षेत्रलाई स्वस्थ, स्वतन्त्र र उत्तरदायी बनाउनुपर्नेमा पनि जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्