काठमाडौँ महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै



काठमाडौं ।

काठमाडौँ महानगरपालिकामा करार सेवामा २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगीका लागि आवेदन मागेको छ ।

महागरले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारहरूलाई योग्यता क्रमका आधारमा करार सेवामा पदपूर्ति गर्न दरखास्त आव्हान गरेको हो ।

महानगरले नेपाल प्रहरीरसशस्त्र प्रहरी बलको जवान भर्ना सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट प्राप्त वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारहरूमध्ये इच्छुक उम्मेदवारले ७ ९सात० दिनभित्र काठमाडौँ महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस गर्न आव्हान गरेको छ ।

वैकल्पिक सूची काठमाडौँ महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.npको डाउनलोड अन्तर्गतको प्रकाशनमा वैकल्पिक सूची शीर्षकमा रहेको व्यहोरा समेत जानकारी गराएको छ ।

दरखास्त दिदा वैकल्पिक दर्ता नं। खुलेको ढाँचा बमोजिमको निवेदन र नागरिकताको प्रमाण पत्रको प्रतिलिपि समावेश गर्नपर्ने सूचनामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्