भोलि २५ विधामा गोपीकृष्ण अवार्ड

630
Shares

काठमाडौं ।

हिजोलाई सम्मान, आजलाई प्रोत्साहन र भोलिलाई उत्थान भन्ने मान्यताका साथ भोलि शनिबार राजधानीमा गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार २०८० आयोजना हुने भएको छ।

एनएफडीसी राष्ट्रिय पुरस्कारका नाममा हुँदै आएको अवार्ड गोपीकृष्णको नाममा परिवर्तन गरिएसँगै यसपटक नारायण सर्वोत्कृष्ट निर्माण नियन्त्रक र उद्वव दीर्घ साधना सम्मान पनि थप गरिएको छ। वर्ष २०८० मा प्रदर्शन भएर अवार्डमा सहभागी फिल्ममध्येबाट छनोटमा परेका २१ प्रतिस्पर्धात्मक विधाको विजेतासँगै उद्धव दीर्घ साधना सम्मान, कामना न्युज पब्लिकेशन्सका संस्थापक पुष्करलाल श्रेष्ठको नाममा स्थापना गरिएको पुष्कर सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार, मह जुरी पुरस्कार, कुसुमे रुमाल सर्वोत्कृष्ट व्यावसायिक चलचित्र अवार्डसमेत प्रदान गरिनेछ।

गोपीकृष्ण मुभीजको आयोजनामा हुने अवार्डका विधागत अवार्ड फिल्म क्षेत्रका विभिन्न विधामा ख्यातिप्राप्त कलाकार, निर्माता, निर्देशक र प्राविधिकको नाममा नामाकरण गरिएको छ। अवार्डअन्र्तगत सर्वोत्कृष्ट पाँच मनोनयन सूची सार्वजनिक गरिएको छ।

अवार्डमा हिरा सर्वोत्कृष्ट चलचित्रको मनोनयनमा फिल्महरू जारी, नाङ्गो गाउँ, पशुपति प्रसाद २, भष्मे डन र दिमाग खराब छन् भने प्रकाश सर्वोत्कृष्ट निर्देशकको मनोनयनमा फिल्म जारीबाट उपेन्द्र सुब्बा, नांगो गाउँबाट दिपेन्द्र लामा, महाजात्राबाट प्रदीप भट्टराई, पशुपति प्रसाद २ भष्मे डनबाट दिपेन्द्र के खानल र दिमाग खराबबाट निश्चल बस्नेत, शिव सर्वोत्कृष्ट अभिनेतामा दयाहाङ र विपिन कार्कीको प्रतिस्पर्धा रहेको छ। फिल्म नांगो गाउँ र जारी गरी दुई फिल्मबाट दयाहाङ राई तथा महाजात्रा, पशुपति प्रसाद २ भष्मे डन र एक भगवत एक गीता गरी ३ फिल्मबाट विपिन कार्की मनोनयनमा छन्।

भुवन सर्वोत्कृष्ट अभिनेत्रीको मनोनयनमा जारीबाट मिरुना मगर, महाजात्राबाट वर्षा राउत, बुलाकीबाट सुरक्षा पन्त, दिमाग खराबबाट स्वस्तीमा खड्का र प्रसाद २ बाट केकी अधिकारी मनोनयनमा छिन्। त्यसैगरी नीर सर्वोत्कृष्ट सहअभिनेताको मनोनयनमा नाङ्गो गाउँबाट शिशिर बाङ्देल, दीमाग खराबबाट अर्पण थापा, महाजात्राबाट दिव्य देव, अगस्त्यबाट नाजिर हुसेन र डिग्री माइलाबाट प्रकाश घिमिरे, वसुन्धरा सर्वोत्कृष्ट सहअभिनेत्रीमा पशुपति प्रसाद भष्मे डनबाट वर्षा शिवाकोटी, दीमाग खराबबाट रमा थपलिया, डिग्री माइलाबाट हिउँवाला गौतम, बुलाकीबाट सरस्वती खत्री र गोर्खा वारियरबाट कविता आले मनोनयनमा छन्।

विश्व सर्वोत्कृष्ट नवअभिनेतामा परदेशी २ बाट प्रकाश सपुत, गोर्खा वारियरबाट रितेश चाम्स, नाई नभन्नु ल ६ बाट आर्शिवाद क्षेत्री, पर्खी बसेँ तिमीलाईबाट किरण श्रेष्ठ र बुलाकीबाट विराज विष्ट, चैत्य सर्वोत्कृष्ट नवअभिनेत्रीमा बगानबाट प्रमिला कार्की, पर्खी बसेँ तिमीलाईबाट रक्षा बुढाथोकी, दयारानीबाट नयन गुरुङ, जारीबाट परीक्षा लिम्बू र दुई कदमबाट सिमरन कार्की, गोपालराज सर्वोत्कृष्ट हास्य कलाकारमा रंगेली र जारीबाट विजय बराल, ऐंचोपैंचोबाट राजाराम पौडेल र महाजात्राबाट रवीन्द्र झा ,लक्ष्मीनाथ सर्वोत्कृष्ट कथा र संवाद लेखनमा जारीबाट उपेन्द्र सुब्बा, बुलाकीबाट राजबी शाही, महाजात्राबाट प्रदीप भट्टराई, प्रसाद २ बाट सुशील पौडेल, दिमाग खराब २ बाट माधव खरेल (आकाश), चेतन सर्वोत्कृष्ट पटकथा लेखकमा जारीबाट उपेन्द्र सुब्बा, पशुपति प्रसाद २ भष्मे डनबाट दीपेन्द्र के खनाल, महाजात्राबाट प्रदीप भट्टराई, दीमाग खराब २ बाट माधव खरेल (आकाश) र बुलाकीबाट राज बी शाही मनोनयनमा परेका छन्।

मञ्जु सर्वोत्कृष्ट छायांकारमा पशुपति प्रसाद २ भष्मे डनबाट निरज कँडेल, नाङ्गो गाउँबाट आलोक शुक्ला, ऐंचोपैंचोबाट पुरुषोत्तम प्रधान, दिमाग खराबबाट सुसन प्रजापती र बुलाकीबाट शिव ढकाल, सम्भुजीत सर्वोत्कृष्ट संगीतकारमा ऐचोपैंचोको काले केटालेबाट आशिष अविरल, नाङ्गो गाउँको सुन सुन सुन्दरीबाट सुशान्त गौतम, पशुपति प्रसाद २ भष्मे डनको दुई चुल्ठीबाट नबाट सुवास भुषाल, अगस्त्यको मायामा तिम्रै मायामा र डिग्री माइलाको सुस्तसुस्त सुस्तरीबाट एस डी योगी र जारीको रीतबाट मनोज थापामगर, उदित सर्वोत्कृष्ट गायनमा एक भगवत एक गीताको के तिमीलाई यो कुराको खबर छबाट हर्कुलस बस्नेत, रजग्य श्रेष्ठ र सुमन गुरुङ, अगस्त्यको रोइ रहूँ जस्तो लाग्छबाट एस डी योगी, अगस्त्यको सुन सुन सुन्दरीबाट अन्जु पन्त र एस डी योगी, जारीको रीतबाट मनोज थापा मगर र सुनीता थेगिम, अगस्त्यको सुस्त सुस्त सुस्तरीबाट एस डी योगी र विज्ञानी पराजुली, पशुपति प्रसाद २ भष्मे डनको दुई चुल्ठीबाट नबाट निशान भट्टराई र मेलिना राई, किरण सर्वोत्कृष्ट गीतकारमा नाङ्गो गाउँको सुन सुन सुन्दरीबाट सुष्मा सिग्देल, पशुपति प्रसाद २ भष्मे डनको दुई चुल्ठी बाट नबाट बी पाण्डे, डिग्री माइलाको सुस्तसुस्त सुस्तरीबाट दिलु चामलिङ, ऐंचोपैंचोको हवाई अड्डामाबाट सुवास भुसाल, अगस्त्यको रोइरहूँजस्तो लाग्छबाट राम अविरल विष्ट, जारीको रीतबाट हर्क साउद मनोनयनमा छन्।

त्यसैगरी वसन्त सर्वश्रेष्ठ नृत्य निर्देशकको मनोनयनमा एक भगवत एक गीताको झिंझिंया, ऐंचोपैंचोको काले केटाले र उपहारको कहिले बार बिर्सिन्छुबाट कविराज गहतराज, नाङ्गो गाउँको सुन सुन सुन्दरीबाट रामजी लामिछाने र परदेशी २ को परदेशी छुकछुक रेलैमाबाट रामजी लामिछाने र गोविन्द राई, भुटानी सर्वोत्कृष्ट द्वन्द्व निर्देशकमा अगत्स्यबाट श्री श्रेष्ठ, महाजात्राबाट कुमार मर्हजन, पशुपति प्रसाद २ भष्मे डनबाट रेवत्न विक्रम थापा, गोर्खा वारियर र एक भगवत एक गीताबाट हिमाल केसी, प्रदीप सर्वोत्कृष्ट पुनध्वनि मुद्रणमा पशुपति प्रसाद २ भष्मे डनबाट किशोर आचार्य, नाङ्गो गाउँ र अगस्त्यबाट मुकेश शाह, जारीबाट स्रवल आरपी र महाजात्राबाट अमित श्रेष्ठ, शुभ सर्वोत्कृष्ट पाश्र्व संगीतमा पशुपति प्रसाद २ भष्मे डनबाट कोविद बज्राचार्य, गोर्खा वारियरबाट एलिस कार्की, जारीबाट झुमा लिम्बू र गंगा थापा, बुलाकीबाट किरण तुलाधर, बगानबाट सुजिल कर्मचार्य र नारायण सर्वोत्कृष्ट निर्मँण नियन्त्रकमा दिमाग खराबबाट रौनक विक्रम कडेल, महानगरबाट अरुण रेग्मी, पशुपति प्रसाद २ भष्मे डनबाट शंकर पाण्डे, महाजात्राबाट रुपक प्रताप अधिकारी र जारीबाट सुरेश कार्की मनोनयनमा छन्।