अनन्याले गुमाइन् आत्मा !



एजेन्सी ।

बलिउड अभिनेत्री अनन्या पाण्डे र अभिनेता आदित्य रोय कपुरको प्रेमले केही समयअघि भारतीय सञ्चारमाध्यममा ठूलै चर्चा र स्थान पायो। उनीहरूको प्रेममात्र नभई पछिल्लो समय ब्रेकअपको चर्चा भारतीय मिडियामा छाएको छ।

हुन त यो जोडीले आफूहरू नजिकिएको, प्रेम सम्बन्धमा रहेको छुटेको कुरामा आधिकारिक रूपमा कहिल्यै पनि मुख खोलेका छैनन्। सञ्चार माध्यममै उनीहरूको प्रेमको गसिप बन्यो भने सञ्चार माध्यममै उनीहरूको ब्रेकअपको खबर फैलियो। अहिले भने ब्रेकअपका कारण अनन्या विक्षिप्त रहेको समाचार सञ्चारमाध्यममा छाइरहेका छन्।

पछिल्लो समय सार्वजनिक स्थान र समारोहमा देखिएकी अनन्या निकै निराश देखिएकी छन्। आफूलाई जतिसक्दो खुशी राख्ने प्रयासमा देखिए उनको अनुहारमा प्रष्ट देखिने निराशा छाएको भनी भारीतय सञ्चार माध्यममले चर्चा गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार हालै आईपएील म्याच हेर्न पुगेकी उनी निराश रहेको प्रष्ट देखिन्थ्यो। उनको साथमा उनका साथी ओरीले एक भिडियोमा तिमीले यो विकेन्डमा के गुमायौँ भन्ने प्रश्न गर्दा उनले मैले मेरो आत्मा गुमाएँ भन्ने जवाफ दिएकी छन्।

उनको यो भिडियोलाई उनका फ्यानले आदित्यसँग बिग्रिएको सम्बन्धसँग जोडेर हौसला दिइरहेका छन्। सम्बन्धमा गम्भीर रहेको भनिएका उनीहरूको ब्रेकअप गत मार्चमै भएको र सो खबरले साथीहरू नै स्तब्ध भएको उनको एक नजिककी साथीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले समाचार लेखेको छ। केही समयअघि कफी विथ करणमार्फत उनीहरूको प्रेमको चर्चा शुरू भएको थियो भने यी दुवै युरोपमा छुट्टी मनाउन जाँदाको तस्वीर निकै भाइरल भएको थियो।

प्रतिक्रिया दिनुहोस्