दान्भीमा पूजा लेडी टाइगर

98
Shares

काठमाडौं ।

आगामी असार ७ गतेबाट रिलिज हुने फिल्म दान्भीको ट्रेलर बिहीबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। दुई मिनेट ४० सेकेन्डको ट्रेलरमा फिल्मकी प्रमुख नायिका पूजा शर्माको दमदार एक्सनलाई स्थान दिइएको छ। फिल्मका नवनायक कुन्साङ बोमजोमस“ग पूजाको प्रेम देखाइएको ट्रेलरमा पूजालाई लेडी टाइगरका रूपमा चित्रण गरिएको छ।

कार्यक्रममा नायिका पूजाले फिल्मको टिजर र एक्सन सिक्वेन्सको तस्वीर सार्वजनिक भएपछि सञ्चारमाध्यममा आफूलाई ट्रोल बनाइएको गुनासो गरिन्। ‘मेरो एक्सनलाई देखावटी भनेर समाचार पनि आए। तर, मैले फिल्मका लागि कतिसम्म एक्सन दृश्य दिएको छु भन्ने कुरा दर्शकले फिल्म हेरेपछि थाहा पाउनुहुनेछ,’ उनले भनिन्, ‘अब म अरूको आलोचना सुन्नुभन्दा कामले नै जितेर देखाउ“छु भन्ने अठोटमा छु। हिरोइनले पनि एक्सन सिक्वेन्स गर्न सक्छन् भन्ने दान्भीमा देखाएको छु।’

नवनायक कुन्साङले दर्शकले दान्भीमा नया“ एक्सन जनरा पाउने दाबी गरे। अर्का नायक किरण श्रेष्ठले एक्सन जनरा मनपर्ने दर्शकका लागि दान्भी उपर्युक्त फिल्म भएको दाबी गरे। द्वन्द्व निर्देशक श्री श्रेष्ठले पुजाको टाइमिङ र उनको मिहिनेतले दान्भीमा एक्सन गर्न सजिलो भएको बताए। निर्देशक रुपेश तामाङले फिल्म राम्रो बनेकोमा आफू ढुक्क रहेको बताए।

नेपाल र भारतका विभिन्न स्थानमा खिचिएको फिल्ममा विशाल पहाडी, राजाराम पौडेललगायत कलाकारले पनि अभिनय गरेका छन्। देव मगर र अनुप गडाल निर्माता, पवन रानामगर कार्यकारी निर्माता तथा कमला लिम्बू, पन्चबहादुर तामाङ र आदर्श पौडेल सहनिर्माता रहेको फिल्ममा रविना थापामगरको कथा, सन्जोग कुँवर रानाको पटकथा र संवाद, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, हरिप्रसाद घलेको छायांकन निर्देशन र बन्दे प्रसादको सम्पादन रहेको छ।