पौडी खेल्ने क्रममा नदिमा डुवेर वेपत्ता भएका बालकको शव फेला



काठमाडाैं  । 

कालिकोटको तिला नदिमा नुहाउने क्रममा डुवेर वेपत्ता भएका बालकको शव सशस्त्र प्रहरीको गोताखोरले टाेलीले फेला पारेको छ ।

कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–७ घर भई सोही नगरपालिका–६ गाल्जे भन्ने स्थान बस्ने अन्दाजी १६ बर्षीय हिक्मत बम नदिमा पौडी खेल्ने क्रममा यहि जेठ १५ गते डुवेर बेपत्ता भएका थिए ।

बेपत्ता बालकको शव खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत र आश्रित गुल्म कालिकोटबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनको शव घटनास्थल नजिकै फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्