बाबुल र देविकाले ल्याए मन पगालो तम्रै मायाले

224
Shares

काठमाडौं ।

लोकप्रिय गायक गायिका बाबुल गिरी र देविका वन्दनाको युगल स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ। हालै राजधानीमा आयोजित एक समारोहबीच मन पगालो तम्रै मायाले बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको हो।

गोविन्द भट्टको शब्द रचना, धनबहादुर गिरीको संगीत र संगीत संयोजन रहेको गीतको भिडियो कविराज गहतराजले निर्देशन गरेका छन्। गीतको भिडियोमा यमन श्रेष्ठ, दीपाश्री निरौला, मेक्सम गौडेल र सुमन कार्कीलाई फिचरिङ गरिएको छ। गायिका देविका वन्दनाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा दुर्गा पौडेलको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको छ।

१६ भन्दा बढी एल्बम ल्याइसकेकी वन्दनाले भजन, फिल्म, आधुनिक, हिन्दी, मैथली, भोजपुरी, नेवारीसमेत गरेर एक हजारभन्दा बढी गीत गाइसकेकी छन्। स्तन क्यान्सरलाई जित्न सफल गायिका बन्दना निरन्तरत गायनमा सक्रिय छन्। उनले स्तन क्यान्सरसँग जुधिरहँदा पनि गायनमा सक्रियता देखाएकी थिइन्।